लुम्बिनी विकास बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा
५ फाल्गुन २०७८, बिहीबार ११:५७
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बोनस शेयर हितग्राही खाता (डिम्याट खाता ) मा जम्मा गरेको छ ।
बैंकको पुस ९ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा फागुन १ गतेदेखि जम्मा गरेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त बोनस शेयर प्राप्त गरेका छन् ।
कम्पनीको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।