महिला र मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । दुई लघुवित्त वित्तीय संस्था लिमिटेडले आ–आफ्नो शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । महिला लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइानान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको डिम्याट खातामा आ–आफ्नो साधारण सभाबाट पारित भएको बोनस शेयर डिम्याट खातामा पठाएको हो ।
मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस शेयर र महिला लघुवित्तले ४७.५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको खातामा पठाएको हो ।
महिला लघुवित्तको चौथौँ वार्षिक साधारण सभा प्रयोजनको लागि बुकक्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा बोनस शेयर पठाएको हो। गत पुस २२ गते सम्पन्न लघुवित्तको वार्षिक साधारण सभाले ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
लघुवित्तले साधारण सभा प्रयोजनार्थ मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो ।
त्यस्तै, मेरो माइक्रोफाइनान्सले नवौँ वार्षिक साधारण सभा प्रयोजनार्थ बुकक्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको हो । गत मंसिर २४ गते सम्पन्न माइक्रोफाइनान्सको वार्षिक साधारण सभाले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
लघुवित्तले साधारण सभा प्रयोजनार्थ मांसिर ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गरेको थियो । यस अनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरिएको हो ।