छिमेक लघुवित्तले बिओकेको स्वामित्वमा रहेको शेयर बिक्री गर्ने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फ अर्थात् बीओकेको ६ लाख ६ हजार १४० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
उक्त शेयरको न्यूनतम मुल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिनुपर्नेछ ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले चैत ९ गतेसम्म आवश्यक कागजात संकलन गरी बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।