एक्सेल डेभलपमेन्ट बैंकको सिइओमा डा.इन्द्रकुमार कट्टेल नियुक्त
५ फाल्गुन २०७८, बिहीबार १०:५४
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा डा. इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् ।
कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले किर्तिपुर नगरपालिका वडा नं. २, काठमाडौं निवासी डा. कट्टेललाई बैंकको सिइओ पदमा चैत २९ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि नियुक्ति गरेको हो ।