बीमा समितिको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त
४ फाल्गुन २०७८, बुधबार २०:०२
काठमाडौं । बीमा समितिमा अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको रुपमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । उनलाई अर्थमन्त्रालयले बीमा समितिको सञ्चालक बनाएर पठाएको हो ।
बीमा समितिमा सञ्चालक बनेका शोभाकान्त पौडेलको सरुवा भएपछि अर्थमन्त्रालयले बीमा समितिको सञ्चालकमा शाक्यलाई पठाएको हो ।