विदेशी कम्पनीको पक्षमा बीमा समितिको निर्णय, नेपालीले नगद लाभांश नपाउने, विदेशीलाई धमाधम

४ फाल्गुन २०७८, बुधबार १९:१८

काठमाडौं । नेपालीको लगानीमा स्थापना भएका बीमा कम्पनीहरुको नगद लाभांश वितरणमा कडाई गरिएको भएपनि विदेशी कम्पनीको शाखा कार्यालयलाई भने बीमा कम्पनीले धमाधम लाभांश लैजान अनुमति दिएको पाइएको छ ।

नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये नेपालमै दर्ता भई सञ्चालनमा रहेका १८ वटा कम्पनीहरुलाई नगद लाभांश वितरणमा निषेध गरेको बीमा समितिले अमेरिकी कम्पनीको नेपालस्थित शाखा मेट लाइफलाई भने नगद लाभांश लैजान बीमा समितिले अनुमति दिएको पाइएको छ ।

बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा कडाई गरेर बोनस शेयर मात्रै वितरण गर्न निर्देशन दिएको भएपनि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा मेटलाइफले नगद लाभांश वितरण बापत ठूलो रकम अमेरिका लैजाने तयारी गरिरहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३३ करोड ३३ लाख ५५ हजार रुपैयाँ अमेरिका लैजाने अन्तिम तयारीमा छ । सम्बन्धित क्षेत्रको नियामक (बीमा कम्पनीहरुको हकमा बीमा समिति) को सिफारिसमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि डलर सटही सुविधा पाइन्छ । नेपाल राष्ट्र बैंकको अनुमति पाएपछि मेट लाइफले ३३ करोड भन्दा बढि रकम अमेरिका लैजाने तयारी गरिरहेको छ ।

मेटलाइफ एलिको अमेरिकन लाइफ इन्स्यारेन्स कम्पनीको कम्पनीको शाखाकार्यालयको रुपमा २०५८ सालमा नेपाल भित्रिएको हो । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा नै संचालित मेटलाइफले अहिलेसम्म शेयर पुँजी भने राखेको छ्रैन ।

One thought on “विदेशी कम्पनीको पक्षमा बीमा समितिको निर्णय, नेपालीले नगद लाभांश नपाउने, विदेशीलाई धमाधम

  1. दीपक गोदार says:

    हाम्रो आज सम्मको जम्मा पुंजी अनि त्यस्को चक्रवर्ती ब्याज सबै मेम्बरहरुलाक बाँडेर मात्रै जाओस , अन्यथा , गरिब देशलाइ लुट्ने अमेरिका नियत सङ्गत बिरुद्ध मा अन्तर्राष्ट्रिय अदालत मा मुद्दा दर्ता गर्नु पर्छ !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*