सिभिल बैंक र एप वन सफ्टबीच ओम्नी च्यानच प्लेटफर्म सुचारु गर्ने सम्झौता

४ फाल्गुन २०७८, बुधबार १८:१३

काठमाडौं । सिभिल बैंक लिमिटेड र एफ वन सफ्ट इन्टरनेसनल बिच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्ने सम्झौता भएको छ । उक्त प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउने समझदारी भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल रसफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।
बैंकले मोवाइल बैकिङ सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज बित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको जनाएको छ । समझmदारी पश्चात अब गरिने स्तरोन्नती पश्चात सिभिल बैंकका ग्राहकहरुले मोबाईल एप मार्फतनै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरुको उपभोग गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*