गुँरास लघुवित्त सहित आज यी कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाए
४ फाल्गुन २०७८, बुधबार १५:१७
काठमाडौं । साताको चौथो दिन नेप्से फेरी ओरालो लागेको छ । हिजो ५३ अकंले बढेको नेप्से आज भने १९.८४ अकंले घटेको हो ।
पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर किनेबच हुदाँ ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्से राताम्य भइ कारोबार समेत खुम्चिदा समते गुराँस लघुवित्तले सर्वाधिक कमाउन सफल भएको छ । कम्पनीको आज ३.४४ प्रतिशतले बढेको हो ।
त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सको ३.२३ प्रतिशत, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको २.८७ प्रतिशत, यूनियन इन्स्योरेन्सको २.७९ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको २.७२ प्रतिशत, लाइफ इन्स्योरेन्सको २.२१ प्रतिशत, नेपाल एसबिआई बैंकको २.१५ प्रतिशत र समलिङ पावरको २.११ प्रतिशतले बढेको हो ।