हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको चौथौ दिन बुधबार नेपाली शेयर बजार १९ अंकले घट्न पुगेको छ । अघिल्लो दिन ५३ अंकले बढेको शेयर बजार आज सोही अंकले घटेर राताम्य भएको छ ।
नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँको कारोबार भएको छ ।
दुई दिनयता शेयरबजारमा कारोबार खासै उत्साहजनक देखिएको छैन । अघिल्ला दिनहरुमा न्युनतम ६।७ अर्बसमको कारोबार हुने पूँजी बजारमा हिजो र आज ३ अर्बमा कारोबार सीमित हुन पुगेको छ ।
सोही रकम बराबरको कारोबार हुँदा सर्वाधिक अपि पावर कम्पनीको भएको छ । कम्पनीको आज एकैदिन २१ करोड १४ लाख ६५ हजार ३३९ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नेशनल हाइड्रोपावरको १७ करोड ७८ ला, अरुण भ्याली हाइड्रोपावरको १६ करोड ८ लाख, एनटिसीको १४ करोड ८८ लाख र युनाइटेड इन्स्योरेन्सको १३ करोड २५ लाख माथिको कारोबार भएको छ ।