जुम्लामा स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै, ५५ हजार बढीले गराए बीमा

४ फाल्गुन २०७८, बुधबार १४:१३

काठमाडौं । जुम्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रति त्यहाँका स्थानीयवासीहरुको आकर्षण बढ्दै गएको छ। सरकारको ल्याएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३ सय ५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कमल रावतले बीमा पोष्टलाई बताएका छन् ।

स्वास्थ्य बीमा नागरिकले कुनै चासो राखेका थिएनन् तर अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बिमा गरेपछि पाउने राहतबारे बुझेपछि कार्यालयमै आएर बुझ्न र फोनबाट जानकारी लिनेको सङ्ख्या बढेको सो कार्यालयले जनाएको छ ।
सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिकका लागि निःशुल्क बीमा कार्यक्रममाअन्तर्गत चार हजार ३५ जनाको बीमा गरिएको छ ।सोअनुसार महिला स्वयंसेविका १८०, पूर्ण अपाङ्गता भएका ४५, क्षयरोग टिभी भएका दुई र एचआइभी सङ्क्रमित एक जनाले बीमा गरेको उनले बताए ।
जुम्लामै यो कार्यक्रम सञ्चालन भएको झन्डै चार/पाँच वर्ष भए पनि सबै नागरिकको स्वास्थ्य बीमा हुने सकेको छैन।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*