अर्थमन्त्री शर्माद्धारा एमसीसी कुनै हालतमा टेबुल नगर्ने, सरकार छोड्ने तयारीमा माओवादी

४ फाल्गुन २०७८, बुधबार ११:२८

काठमाडौं । प्रधानमन्त्री शेयर बहादुर देउवाले दलिय सहमति भंग गर्दै एमसीसी संसदमा टेबुल गर्ने तयारी गरेपछि गठबन्धन धरापमा परेको छ । आज विहान बसेको माओवादी संसदीय दलको बैठकले एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरेसँगै गठबन्धन संकटमा परेको छ ।

आज विहान बसेको माओवादी संसदीय दलको बैठकले विवादास्पद अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्ने प्रधानमन्त्रीको निर्णयमा सहयोग नगर्ने बरु सरकारबाट फिर्ता आउने निर्णय गरेको प्रमुख सचेतक देव प्रसाद गुरुङले बीमापोष्टलाई जानकारी दिए ।

सरकारले आजै एमसीसी संसदमा पेश गर्ने तयारी गरेको छ । तर, अर्थमन्त्री जनार्दन शर्माले कुनै पनि हालतमा एसीसी संसदमा टेबुल गर्ने अडान लिएका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री शर्माले राष्ट्रघाती एमसीसी संसदमा टेबुल गर्न नमानेपछि प्रधानमन्त्री शेर बहादुर देउवाले बैल्पिक मार्ग खोजेको जनाइएको छ ।

आज बसेको संसदीय दलको बैठकमा संशोधन बिना एमसीसी पास नगर्ने, राष्ट्रिय सहमति र गठबन्धनबीच सहमतिमा मात्रै एमसीसी पास गर्ने र प्रमुख प्रतिपक्ष दलको अबरोधका बीचमा एमसीसी संसदमा कुनै पनि हालतमा टेबुल नगर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*