एभरेष्ट बैंकको साढे ८ लाख कित्ता ऋणपत्र बाँडफाँड

४ फाल्गुन २०७८, बुधबार ११:१३

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले माघ ३ गतेदेखि १७ गतेसम्म निष्कासन गरेको ऋणपत्र रितपूर्वक परेका आवेदनहरुको संकलन गरी ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र मंगलवार (फागुन ३ गते) बाँडफाँड गरेको हो ।

कम्पनीले ८ वर्षे अवधिको लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र – २०८६’ नामक ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

कुल २ अर्ब बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत ब्यक्तिगत तवर र ४० प्रतिशत सर्वसधारणका लागि बिक्री गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*