नेष्डो समृद्व लघुवित्तको आइपिओ फागुन ११ गते निष्काशन हुने
काठमाडौ । नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निश्काशन गर्ने भएको छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे ।
जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आइपिओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन । आइपिओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।