इमर्जिङ्ग नेपालको प्रिअलटमेन्ट सम्पन्न, भोलि बाँडफाँड हुने
काठमाडौं । इमर्जिङ्ग नेपालकोे प्रिअलटमेन्ट सम्पन्न भएको छ । आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ भोलि बाँडफाँट हुने भएको हो।
कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार भोलि बुधबार दिउँसो ३ः३० बजे आईपीओ बाँडफाँट हुने भएको हो । क्यापिटलले आजै प्रिअलटमेन्ट सकाएर भोलि बाँडफाँट गर्ने भएको हो ।
कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि बिक्रि खुला गरेको थियो ।
कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले दुई अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता शेयरको ५३.८७ गुणा बढी हुन आउँछ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाद्वारा योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले मात्रै न्युनतम १० कित्ताको दरले शेयर पाउनेछन् । त्यस अनुसार २३ लाख ६४ हजार भन्दा बढीले शेयर नपाउने देखिन्छ ।