संजिता भक्तराज बनिन् एमडिआरटीको पहिलो आजिवन सदस्य

३ फाल्गुन २०७८, मंगलवार १५:५८

काठमाडौं । संजिता भक्तराज एमडिआरटीको लक्ष्य चुमेर यसैवर्षदेखि बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन राउण्ड टेवल (एमडिआरटी) को आजिवन सदस्य बन्न सदस्य बन्न सफल भएकी छिन् ।

बीमा अभिकर्ता पेशमा निरन्तर लागिरहेकी संजिता भक्त राजले बीमा व्यवसाय गरेर लगातार १० वर्षसम्म एमडिआरटीको लक्ष्य चुमेर यसैवर्षदेखि बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन राउण्ड टेवल (एमडिआरटी) को आजिवन सदस्य बन्न सदस्य बन्न सफल भएकी हुन् ।

बिगत १७ बर्ष देखि एलआईसी नेपालमा निरन्तर काम गर्दै आइरहेकी संजिता भक्त राज मिलिनियम डलर राउण्ट टेबल (एमडिआरटि) मा रजिष्टर हुने पहिलो नेपाली महिला समेत हुन् ।

बीमा क्षेत्रमा लामो समयदेखिको निरन्तरता र धैयताले नै आज उनी अन्तर्राष्ट्रिय रुपमा समेत परिचय बनाउँदै बीमा क्षेत्रमा एउटा नयाँ इतिहास रच्न सफल भएकी छिन् । बीमा अभिकर्ता बनेर एलआईसी नेपालमा छिरेपछि अभिकर्ताको माथिल्लो तह एजेन्सी म्यानेजर, हुँदै एमडिआरटी र लगातार १० वर्षसम्म एमडिआरटी लक्ष्य चुम्न सफल भएर नेपाली बीमा क्षेत्रमै पहिलो एमडिआरटीमा आजिवन सहभागी हुन पाउने स्थायी सदस्य बन्न सफल भएकी छिन् ।

अन्तराष्ट्रिय स्तरको हेर्ने हो भने एमडिआरटीमा आजिवन जस्तो सफलता हात पार्ने अभिकर्ताहरु धेरै भएपनि नेपालबाट भने संजिता भक्त राजले पहिलोपटक उक्त उपब्धि पारेकी हुन् । नेपालबाट आगामी बर्ष एलआईसी नेपालबाट नै दुई जनाले मिलियन राउण्ड टेवल (एमडिआरटी) को आजिवन सदस्य बन्न पाउनेछन् ।

हरेक नेपालीको घरमा एक बीमा योजना पुग्न सकोस् भन्ने सोचका साथ अगाडि बढेकी संजिताको निरन्तरताले आज यस स्थानसम्म ल्याउन सहयोग पुगेको कुरा उनी व्यक्त गर्छिन् । लामो समय देखि बीमा अभिकर्ता पेशामा आवद्ध रहेकी संजिता आगामी दिनमा बीमा क्षेत्रमै केही योगदान पुरायाउने सोच लिएर अघि बढेको बताउँछिन् ।

एलआईसी नेपालमा सिनियर एजेन्सीको रुपमा कार्यरत संचिता भक्त राजको मातहतमा ३ सय जना भन्दा बीमा अभिकर्ताहरु आबद्ध छन् । जसमध्ये ७ जना एमडिआरटीमै पुगिसकेकी छन् । बीमा क्षेत्रमा व्यक्तिगत विकास भन्दा सामूहिक विकासले ठूलो अर्थ राख्ने भएकोले म आफू मात्रै अघि बढेको छैन, सिगो टिमलाई अघि बढाएर सफल सिढिमा पुर्याउने उनले लक्ष्य रहेको छ । एलआईसी नेपालमा सिनियर एजेन्सी म्यानेनजरको रुपमा कार्यरत संजिता चेयर म्यान क्लब र एमआरएसटी फाउण्डेसनमा पनि आवद्ध छिन् ।

एमडिआरटी भनेको के हो र यस कार्यक्रममा कसरी सहभागी हुन पाउछन् ?

सन् १९२७ मा रजिष्टर भएको एमडिआरटि विश्वभर टप अभिकर्ताहरुको साझा संस्था हो । जहाँ ७०  देशका ५ सय कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु यो संस्थामा भाग लिन पाउँछन् ।

कम्पनीले टार्गेट पूरा गर्न सफल इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थाले तोकेको समयमा टार्गेट पूरा गरेका व्यक्तिहरुले र साथमा अमेरिकी ५५० डलर सहित दर्ता शु्ल्क पेश गर्नु पर्ने हुन्छ र एमडिआरटि नम्बर पाईन्छ ।
इन्स्योरेन्स तर्फ भने पहिलो वर्ष जनवरी १ देखि डिसेम्बर अन्तिम सम्म्मा ४० लाख २५ हजार रुपैयाँ प्रीमियम संकलन गर्न सफल अभिकर्तालाई कम्पनीले उक्त संस्थाको सेमिनारमा सहभागी हुन सक्नेछन् । साथै १२ लाख रुपैयाँ कमिसन आम्दानी गर्न सफल अभिकर्तालाई त्यहाँ जानका लागि कम्पनीले व्यवस्था मिलाएको हुन्छ ।

नेपालका बीमा कम्पनीहरु बाट पहिलो पटक एलआइसी नेपालले यो संस्थाको सदस्यता लिएको थियो । अहिले भने अन्य जीवन बीमा कम्पनीहरुले पनि सदस्यता लिन थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*