विन लघुवित्तको खुद नाफा १७ लाख ४४ हजार रुपैयाँ, अन्य सूचक कस्तो ?

३ फाल्गुन २०७८, मंगलवार १२:३४

काठमाडौं । विन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा गत वर्ष भन्दा घटेको छ ।

गत वर्ष यसै अवधिमा कम्पनीले ८५ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आइपुग्दा कम्पनीको खुद नाफा गत वर्ष भन्दा ७९.७० प्रतिशतले घटेर १७ लाख ४४ हजार रुपैयाँमा सिमित भएको छ । यस अवधिमा कम्पनीको संचालन नाफा घट्दा खुद नाफा समेत प्रभावित भएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी ४.९१ प्रतिशतले बढेर २ करोड ३३ लाख ९७ हजार रुपैयाँ कमाएको छ । यस अवधिसम्ममा आइपुग्दा कम्पनी भने २ करोड ७५ लाख २३ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

यस्तै, समिक्षा अवधिमा कम्पनीले १५ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन, ८७ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने रिजर्भ कोषमा २ करोड १५ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ७ करोड ६० लाख रुपैयाँ रहेको छ भने समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकी ४ रुपैयाँ ५८ पैसा र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३३ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*