सामुदायिक लघुवित्तको खुद नाफा ४६१ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफा आकाशिएको छ ।
गत वर्ष यसै अवधिमा ४५ लाख ९३ हजार रुपैयाँ कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा खुद नाफा ४६१.८८ प्रतिशतले बढेर २ करोड ५८ लाख ७ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउदा खुद नाफामा सुधार आएको देखिन्छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी १२.८६ प्रतिशतले बढेर ६ करोड १ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ५२ लाख ३० हजार रुपैयाँ संचालन नोक्सानमा रहेकोे कम्पनीको यस अवधिमा भने बढेर ३ करोड ९७ लाख ४० हजार रुपैयाँ संचालन नाफा कमाएको छ ।
समिक्षा अवधिमा कम्पनीको रिजर्भ कोषमा ९ करोड २२ लाख ३९ हजार रुपैयाँ, कर्जा लगानी १ अर्ब ४७ करोड ३५ लाख ६६ हजार र निक्षेप संकलन ५४ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ भने समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकी ३२ रुपैयाँ ४१ पैसाबाट बढेर ३९ रुपैयाँ १ पैसा र प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८८ पैसा रहेको छ ।