‘भ्यालेन्टाइन डे’ का दिन एशियन लाइफको बीमा पोलिसी उपहार

३ फाल्गुन २०७८, मंगलवार ११:३१

माया, प्रेम र आत्मियताले भरिएको विशेष दिन भ्यालेन्टाइन डे का दिन धेरै जोडीहरु पिरती साटासाटमै सोमबार बिताए । कसैले रातो गुलाफ, कप, कुशन गिफ्ट त कसैले मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान गर्दै होटलका बिलहरु तिरेर यो दिवस मनाए ।

अर्पण, त्याग र विश्वासको संयुक्त अर्थ प्रेम र यो दिवसलाई विशेष बनाउन धेरै जोडीहरु आधुनिकता र देखावटीपनको चकचकी भन्दा बाहिर गएर यो दिवस मनाइएको देखियो । कसैले प्रियजनसँग स्तरीय समय बिताएर यो दिवस मनाए त कसैले प्रेम पुर्ण भविष्यको मिठो योजना बनाएर यो दिवस उत्साहका साथ मनाए ।

प्रेम पुर्ण भविष्यलाई योजनामा ढालेर प्रेम दिवस मनाउने जोडी अन्तर्गत आउन्छन भिमराज र गीता । यी जोडीले अकाशे सपना देख्नु र फजुल खर्च गरी प्रेम दिवस मनाउनु भन्दा बिमा गराएर भविष्यलाई सार्थक योजनामा ढालेका हुन ।

मोरङ्गको पथरी नगरपालिका–१० बस्ने यी जोडी प्रेम दिवसलाई लक्ष्ति गरी रु १० लाख बिमाङ्ग बराबरको दम्पती सुरक्षा पल्स बिमा योजना लिए । एशियन लाईफ इन्सोरेन्स शाखा कार्यालय इटहरीको उपशाखा बेलवारीबाट जारी सो एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबै जनाको जोखिम बहन हुने उपशाखा बेलवारीका इन्चार्ज श्याम पोखरेलले बताए ।

प्रेमको वास्तिविक अर्थ नै एकअर्कालाई केरिङ्ग रहेको र यस बिमालेखले श्रीमान/श्रीमती दुवै आर्थिक, समाजिक र भविष्यमा आइपर्ने आर्थिक जोखिमबाट बचाई केरिङ्ग गर्ने अभिकर्ता सुजता सुमन परियारको भनाई छ ।

पछिल्लो समय माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ । माया प्रर्दशन गर्नु भन्दा भविष्यमा आइपर्ने आर्थिक जोखिमबाट बच्दै बाँच्ने आधारशिला निमार्ण गर्दा सही अर्थमा प्रेम व्यक्त गरेको बुझिने सेनियर एजेन्सी पुष्पा अधिकारीको बुझाइ छ । बिमा पनि बाच्ने आधारशिला हो, प्रेम गर्ने व्यक्ति साथ हुदाँ झनझन मिठा सम्बन्ध हुन्छ । तर केही कारणवस केही तलमाथि भएको बेला जीवन बिमाकै माया पाइने सेनियर एजेन्सी अधिकारीको भनाई छ ।

युवायुवतीले फजुलको खर्च गरेर प्रेम दिवस मनाउनु भन्दा आफना भविष्यको जीवनसाथी, सन्तान, आमाबुबा, दाजुभाई तथा दिदीबहिनीलाई मायाको प्रतिकको रुपमा रहेको जीवन बिमा गराएको उचित हुने बिमित भिमराज र गीताको भनाई छ ।

दम्पती सुरक्षा बीमा योजनामा दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग/अशक्त सुविधा एवं बीमा शुल्क छुट सुविधा पनि समाबेश गरिएको छ । बीमा अवधि समाप्त हुने मिति सम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस सुविधा प्राप्त गर्नेछन् । बीमा अवधि भित्र दुई मध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस पाउनेछन् ।

यसै गरी कम्पनीले बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम भुक्तानी गर्नेछ । बीमा अवधि समाप्त हुने मिति सम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम दिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*