छयाङ्दी हाइड्रोपावरले निष्कासन गरेको ८ लाख ९३ हजार कित्ता हकप्रद शेयर मध्य ६५ प्रतिशत मात्र आवेदन

२ फाल्गुन २०७८, सोमबार १८:३४

काठमाडौं । छयाङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयरमा ६५ दशमलव २२ प्रतिशत मात्र विगेको छ । कम्पनीले माघ ११ गतेदेखि आज (फागुन २ गते) सम्म ३० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो ।

कम्वनीले १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा १ सय रुपैयाँ अंकित दरले ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर जारी गरेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटडको अनुसार आज अन्तिम दिनसम्म हकप्रद शेयरमा आवेदन ५ लाख ८२ हजार ४५६ कित्ता मात्र परेको छ ।

हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको हुदाँ पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन पाएका हुन । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*