१९ जीवन बीमा कम्पनीहरुले उठाए ५० अर्ब नविकरण बीमाशुल्क आर्जन, कुनले कति ? (तथ्याङ्क सहित)

३ फाल्गुन २०७८, मंगलवार ०७:१९

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा ५० अर्ब माथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले प्रकाशन गरको वित्तीय विवरण अनुसार २० अर्ब ६० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको देखिएको छ।

कम्पनीहरुले प्रथम बीमाशुल्क आर्जन भन्दा नविकरण बीमाशुल्क आर्जन २ गुणा बढी रहेको छ। तथ्याङ्क हेर्दा नयाँ बीमा कम्पनीहरु नयाँ विजनेसमा बढी केन्द्रित भएको र पुरानो नविकरण बीमाशुल्कमा नै केन्द्रित भएको देखिएको छ।

बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ५० अर्ब ३० करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
जीवन बीमा कम्पनीहरुमध्ये दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १४ अर्ब ९७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ७ अर्ब १४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ। संस्थानले यस त्रैमासको अवधिसम्ममा ५ अर्ब ४७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, यूनियन लाइफले २ अर्ब ७७ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ४० करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ८९ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ७८ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ५३ करोड रुपैयाँ र गुराँस लाइफले १ अर्ब २४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सिटिजन लाइफले १ अर्ब १५ करोड रुपैयाँ, आइएमई लाइफले ८९ करोड रुपैयाँ, ज्योति लाइफले ८७ करोड, रिलायन्स लाइफले ८१ करोड रुपैयाँ, सन नेपाल लाइफले ७६ करोड, रिलायबल नेपाल लाइफले ६८ करोड रुपैयाँ, सानिमा लाइफले ५७ करोड रुपैयाँ, प्रभु लाइफले ४५ करोड रुपैयाँ र सबैभन्दा कान्छो महालक्ष्मी लाइफले ३० करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफलभएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*