नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि तीन जनाको नाम सिफारिस
२ फाल्गुन २०७८, सोमबार १७:३६
काठमाडौं । लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि तीन जनाको नाम सिफरिस गरिएको छ।बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो।
समितिले छनौट गरी सोही नाम मन्त्रिपरिषदमा सिफरिस गर्ने छ । सिफरिस गरिएको तीन जनाबाटै एकजनालाई अब बस्ने मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।