नेशनल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयरपछि हकप्रद जारी गर्न साधारण सभा आव्हान
काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा फागुन ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे अनलाइन माध्यमबाट भर्चुअल रुपमा काठमाडौं १० विनायकनगर नयाँ बानेश्वरमा बस्ने गरी आव्हान गरेको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, उक्त बोनस शेयर वितरणपछि कायम हुने चूक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव रहको छ ।
साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्न र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । संचालक समितिमा ७ जना संचालनको निर्वाचन गर्ने कार्य सूचि रहेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।