बोनस र हकप्रद प्रस्ताव सहित एजीएम बोलाएको नेशनल हाइड्रोपावर सहित यी कम्पनीको सर्वाधिक कारोबार

२ फाल्गुन २०७८, सोमबार १५:३२

काठमाडौं साताको दोस्रो दिन नेप्से झिनो अकंले हरियो छाएको छ ।आईतबार १०० अकंले घटेको नेप्से सोमबार भने ०.०८ प्रतिशतले बढेबेमा हो पूँजी बजारमा सूचिकृत २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर किनबेच भएको छ ।

आज झिनो अकंले नेप्से वृद्धि हुदाँ कारोबार ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँमा सिमित भएको छ । बोनस र हकप्रद शेयर वितरण गर्न साधारणसभा बोलाएको नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । कम्पनीको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको १७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ११ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*