६ महिनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ७० अर्ब माथि, कुनले कति गरे ? (तथ्याङ्क सहित)

२ फाल्गुन २०७८, सोमबार १४:५४

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा ७० अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ७० अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

जीवन बीमा कम्पनीहरुमध्ये दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १८ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ८ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क आर्ज गर्न सफल भएको छ ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ६ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

 

One thought on “६ महिनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ७० अर्ब माथि, कुनले कति गरे ? (तथ्याङ्क सहित)

  1. Khadga ramtel says:

    Good x

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*