ज्योति विकास बैंक र नेपाल ल्युब आ​यलको बोनस शेयर सूचिकृत

२ फाल्गुन २०७८, सोमबार १२:३१

काठमाडौं । नेप्सेमा आज ज्योति विकास बैंक र नेपाल ल्युब आ​यल लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस बापतको ४२ लाख २९ हजार ३ सय ५ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४।५ प्रतिशत नगद सहित कुल १५।५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।त्यस्तै, नेपाल ल्युब आ​यल लिमिटेडको ३० प्रतिशत बोनस बापतको ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*