नाडेप लघुवित्तको खुद नाफा ५५ प्रतिशत घट्यो, अन्य सूचक कस्तो ?

२ फाल्गुन २०७८, सोमबार ११:४८

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ५६ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा खुद नाफा ५५.७५ प्रतिशतले घटेर २ करोड १ लाख ९० हजार रुपैयाँमा सिमित भएको हो । यस अवधिमा कम्पनीको संचालन नाफा घट्दा खुद नाफामा समेत प्रभाव परेको देखिन्छ ।

यस अवधिमा कम्पनीको संचालन नाफा ५७.७१ प्रतिशतले घटेर २ करोड ९३ लाख ७४ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यसअवधिमा भने कम्पनीको संचालन नाफा ६ करोड ९४ लाख ६७ हजार रुपैयाँ रहेको थियो । साथै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४१.७७ प्रतिशतले बढेर १९ करोड ४१ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, रिजर्भ कोषमा ३८ करोड ८२ लाख ३ हजार रुपैयाँ, निक्षेप संकलन १ अर्ब ६६ करोड ८७ लाख ४ हजार र कर्जा लगानी ४ अर्ब ६४ करोड ७० लाख ७६ हजार रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ भने समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ४७ पैसाले घटेर ९ रुपैयाँ ९८ पैसा र प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*