ग्लोबल आइएमई लघुवित्तद्धारा ३ हजार ६४५ कित्ता संस्थापक शेयर बिक्रीमा

२ फाल्गुन २०७८, सोमबार ११:४६

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको ३ हजार ६४५ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी प्रदिप पन्तको नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी फागुन १७ गते भित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा २६ विजयपुर कास्कीमा आवेदन दिन सकिनेछ ।

यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीलाई प्रथामिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरेको हुदाँ अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*