ग्रिन भेन्चर्सको ३१ लाख कित्ता आजबाट खुल्ला, कस–कसले पाउँछन् भर्न ?

२ फाल्गुन २०७८, सोमबार ०७:४७

काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेडले आजबाट ३१ लाख २५ हजार कित्ता आईपिओ आजबाट खुल्ला गरेको छ । स्थानीय आयोजना प्रभावितलाई सोमबारबाट साधारण सेयर बिक्री खुला गरेको हो । पहिलो चरणको आईपिओ जारी गरिएकोले आयोजना प्रभावित स्थानीयबासीले मात्रै भर्न पाउनेछन् ।

यही फागुन १६ गतेसम्म स्थानीयबासीले उक्त आईपिओ आवेदन दिन सकिने कम्पनीले जनाएकोछ । कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर प्रभावितलाई बिक्री गर्ने छ । उनीहरुले १०० रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर पाउने छन् ।
प्रभावित क्षेत्र खिजिदेम्बा गाउँपालिका १, २, ९, रामेछापको उमाकुण्ड गाउँपालिका–७ का बासिन्दाले सेयर पाउने छन् । सो बाहेकका अन्य सर्वसाधारणले उक्त आईपिओमा आवेदन दिन पाउने छैनन् ।

सो आईपिओमा कम्तिमा १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो आईपिओमा मेरो शेयरबाट आवेदन दिन पाइने छैन । स्थानीय बैंकका शाखा कार्यालयमार्फत आईपिओ भर्न पाइनेछ ।

स्थानीयका लागि सेयर निष्कासन गरेपछि दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि जारी गर्ने छ ।
कम्पनीले ओखलढुंगामा लिखु–४ परियोजना निर्माण गर्दैछ । यो ५२.४ मेगावाट क्षमताको आयोजना हो । ग्रिन भेन्चर्स संघाई ग्रुपले प्रबद्र्धन गरेको कम्पनी हो ।

कम्पनीले फागुनको तेस्रो वा चौथो साता सर्वसाधारण सबैले भर्न मिल्ने गरी आईपिओ जारी गर्ने तयारी गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*