प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचक कस्तो ?

१ फाल्गुन २०७८, आईतवार १६:३८

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले वृद्धि भएर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीको खुद बीमाशुल्क आर्जन २ अर्ब माथि मात्र रहेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १७ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमाशिक अवधिमा भने १९ करोड ३६ लाख रुपैयाँ थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद नाफा १० प्रतिशतले घटेको छ।

कम्पनीको अभिकर्ता कमीशन सामान्य प्रतिशतले घटेर २२ करोड ५५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले अभिकर्ताहरुलाई २३ करोड २ लाख रुपैयाँ कमिशन दिएको थियो । कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ५६ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जने २ अर्ब २३ करोड रुपैयाँ छ । कम्पनीको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ, जगेडा कोषमा ४९ करोड १७ लाख रुपैयाँ र जीवन बीमा कोषमा भने १६ अर्ब ६१ करोड रुपैयाँ रकम संचित रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी भने १२ रुपैयाँ ५४ पैसार प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*