नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

१ फाल्गुन २०७८, आईतवार १६:३३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सोमबार बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी विकास बैंक बोनस शेयर सूचीकृत भएको छ ।

बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९० र लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९ दशमलव ६१ कित्ता शेयर सूचीकृत भएको हो ।

बैंक अफ काठमाण्डूले मंसिर २९ गते र लुम्बिनी विकास बंैंकले पुस ९ गते सम्पन्न गरेको वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरण प्रस्ताव पारित गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*