पाँच सामुहिक लगानी कोषको मूल्य बढ्दा अन्य सबै कम्पनीका घट्यो, यी हुन आज सर्वाधिक मूल्य बढ्ने पाँच कम्पनी

१ फाल्गुन २०७८, आईतवार १५:२८

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी अकंले गिरावट आएको छ । आज नेप्से १०१.२४ अकंले घटेको हो । आज सर्वाधिक कमाउने सूचिमा जम्मा पाँच वटा कम्पनी मात्रै छ । ति पनि सबै सामूहिक लगानी कोष मात्रै । कूल २२७ वटा कम्पनीको कारोबार भएकोमा पाँच वटा मात्रै कम्पनीको मूल्य बढेकोले अन्य २२२ वटा कम्पनीको मूल्य उच्च अंकले घटेको छ ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच हुदा पाँच अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँको कारोबार भएकोा छ ।

नेप्सेमा भारी अकंले गिरावट आउदा नबिल समृद्धि फण्डले भने सर्वाधिक कमाउन सफल भएको छ । कम्पनीको शेयर आज १.९४ प्रतिशतले बढेको हो ।

त्यस्तै, सनराइज ब्लुचिप फण्डको १.१० प्रतिशत, नबिल ब्यालेन्सडको ०.७३ प्रतिशत, मेगा म्यु्चुअल फण्डको ०.५५ प्रतिशत र लक्ष्मी उन्नती कोषको ०.१९ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*