शेयर बजारमा पहिरो जाँदा १०१ अंकले घट्यो नेप्से, सबै सूचांक राताम्मे

१ फाल्गुन २०७८, आईतवार १५:१८

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्जमा पहिरो जाँदा समग्र मूल्य सूचांक नेप्से १०१ अंकले घटेको छ । नेप्से उच्च अंकले घटेपनि कारोबार भने उत्साहप्रद नै छ ।

आज विहान कारोबार सुरु भएदेखि नै लगातार घट्ने क्रममा रहेको नेप्से दुई घण्टौ १०० अंकले घट्न पुगेको थियो । कारोबार सुरु भएको ७ मिनेटभित्रैमा ६९ अंकले घटेको नेप्सेमा त्यसपछि केही सम्हालिएर अघि बढेको थियो । केही सम्हालिने प्रयास गरेको नेप्सेले त्यसपछि गति लिनै नसक्दा २७००.३२ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज सबै सूचांक राताम्मे भएको छ ।

आइतबार कूल पाँच अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार २२७ वटा कम्पनीको शेयर किनबेच भएको छ । नेप्सेमा पहिरो गएसँगै लगानीकर्ताहरु निराश बन्न पुगेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*