एनआईबिएल समृद्धि फण्ड १ को स्वामित्वमा रहेको ७२ हजार कित्ता ऋणपत्र बिक्रीमा

१ फाल्गुन २०७८, आईतवार १२:४३

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ को स्वामित्वमा रहेका ३ कम्पनीको ७२ हजार ५ सय कित्ता ऋणपत्र बिक्री गर्ने लागेको छ । नेपाल बैंकको १२ हजार ५ सय कित्ता, एनआईसी एशिया बैंकको १० हजार कित्ता र ग्लोबल आइएमई बैंकको ५० हजार कित्ता ऋणपत्र बिक्रीमा गर्ने लागेको हो । उक्त ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ताहरुले फागुन ८ गते दिउँसो २ बजेभित्र योजना ब्यवस्थापक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ । यी ऋणपत्र खरिदका लागि न्यूनतम एक हजार कित्ता र सोभन्दा बढी कित्ताका लागि आवेदन दिन सकिनेछ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडलेको व्यवस्थापनमा यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा पुस २२ गतेपछि सूचीकरण खारेजी भैसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*