रसुवागढी हाइड्रोपावर १ करोड २६ लाख नोक्सानीमा, अधिकांश सूचकमा गिरावट

१ फाल्गुन २०७८, आईतवार ११:५२

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनी अधिकाश सूचकमा गिरावट देखिएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनी १ करोड २६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ लाख ६१ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको संचालन नाफा समेत घट्न गएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ४० लाख रुपैयाँ संचालन घाटामा रहेको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा समेत १ करोड ४५ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीको अन्य स्रोत आम्दानी समेत घटन पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको अन्य स्रोतबाट आम्दानी १ करोड ४० लाख रुपैयाँबाट घटेर १८ लाख ३६ हजार रुपैयाँमा झरेको छ । कम्पनीको जगेडा कोषमा २४ करोड ३९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी वार्षिकी ४१ पैसा र प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ०४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*