जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड आज, २६ लाख बढीको हात खाली

१ फाल्गुन २०७८, आईतवार ११:४३

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न भएको छ ।

कम्पनीको आईपीओको प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न गरिएको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले बताएको छ। क्यापिटलका अनुसार उक्त आईपीओको बाँडफाँड आज टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडौँमा दिउँसो ४ बजे गरिनेछ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार जाल्पा लघुवित्तको आईपीओ ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन् । बाँकी २६ लाख बढीको हात खाली हुनेछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*