जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा ५२ प्रतिशतले वृद्धि

१ फाल्गुन २०७८, आईतवार ११:२८

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ ।

गत वर्ष यसै अवधिमा २ करोड २७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५२.८९ प्रतिशतले बढेर ४ करोड १९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यस अवधिमा संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउदा नाफा बढेको देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकोे अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८.१७ प्रतिशतले बढेर ९ करोढ ३२ लाख ५४ हजार रुपैयाँ र संचालन नाफा १७५.१५ प्रतिशतले बढेर ४ करोड ८० लाख २६ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको रिजर्भ कोषमा १४ करोड २१ लाख ९१ हजार र निक्षेप संकलन ७८ करोड ८२ लाख १२ हजार रुपैयाँको गरेको छ । हाल कम्पनीको कुल चुक्तापूँजी ११ करोड ८३ लाख २४ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकी ७० रुपैयाँ ९३ पैसा र प्रति शेयर नेटवर्थ २२० रुपैयाँ १७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*