इमर्जिङ नेपालको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

१ फाल्गुन २०७८, आईतवार ११:०४

काठमाडौं । इमर्जिङ नेपालको आईपिओमा आवेदन दिने आजअन्तिम दिन रहेको छ । सर्वसाधारणहरुले साधारण सेयर खरीदका लागि फागुन १ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।

गत बुधबार देखि कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर जारी भएको हो ।

कम्पनीले निष्काशन गरेको कुल निष्काशित आईपीओमध्ये ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र छुट्ट्याइएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*