एचआइडीसीएलको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामी खुला

१ फाल्गुन २०७८, आईतवार १०:५८

काठमाडौं । एचआइडीसीएल को आज आइतबार फागुन १ गतेबाट संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामी खुला भएको छ । यसअघि पनि लिलामी गर्दा बिक्री नभएको यस सेयरमा अब सर्वसाधारण व्यक्ति तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । तसर्थ, लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी हुनुपर्नेछ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंबाट लिलामी भर्न सकिन्छ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ र पोखरा शाखाबाट आवेदन दिन पाइन्छ । साथै, ग्लोबल आइएमईको बुटवल, बाग्लुङ्ग, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि बोलपत्र फारम भर्न पाउने व्यवस्था रहेको छ । न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने संख्यामा आवेदन दिनुपर्नेछ ।

एचआइडीसीएलले १००५ हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक सेयर पुनः लिलामीमार्फत बिक्रीमा ल्याएको हो । एचआइडीसीएलले यसअघि असोज ७ गतेदेखि १४ गतेसम्म पनि सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो । त्यसबेला, संस्थापक सेयरमा भने आवेदन परेको थिएन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*