अन्न प्राशनमा १० लाख रुपैयाँका बीमा पोलिसी उपहार

२९ माघ २०७८, शनिबार २३:१८

हेटौडा । पछिल्लो समय सामाजिक रीति रिवाजलाई उत्साहमै बनाउन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ ।

यसै बिच मकवानपुर जिल्लाको हेटौडा उपमहानगर–१३ बस्ने मान बहादुर गोलेले आफना छोरी प्रन्सु गोलेको अन्न प्राशनको अवसरमा १० लाख रुपैयाँ बीमाङ्कको पोलिसी उपहार दिएका छन । एशियन लाइफ इन्सोरेन्स शाखा कार्यालय हेटौडाबाट जारी सो बीमा पोलिसी अन्न प्राशनको अवसर पारेर शुभारम्भ गरिएको शाखा प्रबन्धक डिल्लीराम तिवारी जनाए ।

पिडादायी क्षणको सम्झना गराई बिमा गराउनु भन्दा खुसी र उत्साहमा बीमाको भुमिका बताई सजिलै बीमा गराउन सकिने सिनियर बीमा एड्भाइजर राजु साहले बताए ।

सकरात्मक माहौलमा उत्साहको साथमा बिमा गराउन बीमा सेवा गर्न पाउदाँ अत्यन्त खुसी भएको अभिकर्ता हिरामाया मोक्तानको अनुभव छ ।

बीमित प्रन्सुकी आमा सानु कान्छी गोलेले सानैमा छोरीको बीमा गर्न पाउदा अत्यन्त धेरै खुसी लागेको बताइन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*