नेको इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी १६ प्रतिशतले बृद्धि, दोस्रो त्रैमासमा यस्तो देखियो कम्पनी

२९ माघ २०७८, शनिबार २२:२०

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित भएको छ । कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार बीमा व्यवसाय १६.१९ प्रतिशतले विस्तार भएको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क बृद्धि भई बीमा व्यवसाय विस्तार भएको हो ।

गत आवमा एक अर्ब ३६ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको समीक्षा अवधीमा एक अर्ब ५८ करोड भन्दा बढि कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी ४.३५ प्रतिशतले मात्रै बृद्धि भएको छ । गत आवमा ९४ करोड ४३ लाख ६९ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको छ महिनामा ९८ करोड ५४ लाख ९४ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको दावी भुक्तानी ५२ प्रतिशतले बृद्धि भई ३९ करोड २८ लाख १० हजार रुपैयाँ पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १६ करोड १३ लाख ३७ हजार रुपैयाँ रहको छ । यस्तो आम्दानी गत आवको तुलनामा ४.१८ प्रतिशतले बृद्धि भएको छ ।

नेको इन्स्योरेन्स कम्पनीको व्यवस्थापन खर्च १०.३७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १५ करोड १५ लाख ५० हजार रुपैयाँ खर्च गरेकोमा चालु आवमा १६ करोड १३ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीले जारी बीमा पोलिसी संख्या पाँच प्रतिशतले घटेर एक लाख ६५ हजार २५६ वटामा सीमित भएको छ । कम्पनीको मुनाफा ४३.१० प्रतिशतले घटेको छ । गत आवमा २६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकामा चालु आवमा १५ करोड दुई लाख २४ हजार रुपैयाँमा झरेको छ ।
कम्पनीको बक्यौता दावी भुक्तानी दुई अर्ब ३९ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आवमा ८८ करोड १२ लाख रुपैयाँ कुल बक्यौता दावी भुक्तानी रहेकोमा चालु आवमा १७२.२३ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी १९.७५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २१७.४० रुपैयाँ पिई अनुपात ६६।६०, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४६६.९० रुपैयाँ रहेकोे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*