दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको प्रगति कायमै, खुद बीमा शुल्क र मुनाफा दुवै बृद्धि

२९ माघ २०७८, शनिबार २०:०३

काठमाडौं । देशकै सबैभन्दा निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क शुल्क, कूल बीमा शुल्क तथा मुनाफा सहितका सबै सूचांकहरुमा सकारात्मक प्रगति गरेको छ । कम्पनीले प्रकाशित गरेको चालु अवको दोस्रो त्रैमासिक वित्तिय विवरणमा कम्पनीको समग्र सूचांकहरुमा प्रगति रहेको देखिएको छ ।

कम्पनीले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार मुनाफा ०.६६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा २४ करोड १४ लाख १० हजार ४२३ रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले यस आवको छ महिने अवधीमा २४ करोड ३० लाख १० हजार ५८३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको बीमा शुल्क आम्दानीमा बृद्धि, कर्जा लगानी तथा अन्य आम्दानीमा भएको बृद्धिका कारण मुनाफामा सामान्य बृद्धि भएको हो ।

आज प्र्रकाशित वित्तिय विवरण अनुसार शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आम्दानी २.३८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवमा ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकामा चालु आवको छ महिने अवधीमा ७६ करोड २२ लाख ५५५ हजार १५७ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीले लगानी, कर्जा लगानी तथा अन्य आम्दानी १.२० प्रतिशतले बृद्धि भएको छ । गत आवमा १७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवमा १७ करोड ९० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च ८.२३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा २१ करोड नौ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेकोमा चालु आवको समीक्षा अवधीमा २२ करोड ८२ लाख ६५ हजार ८७९ रुपैयाँ व्यस्थापन खर्च गरेको छ ।

कम्पनीको कूल बीमा शुल्क आम्दानी ११.३९ प्रतिशलते बृद्धि भएको छ । शिखर इन्स्योरेन्स कम्पनीले गत आवमा दुई अर्ब ११ करोड ६९ लाख ४९ हजार ११ रुपैयाँ आम्दानी गरेकोमा चालु आवको छ महिने समीक्षा अवधीमा दुई अर्ब ३५ करोड ८० लाख ८८ हजार ६६८ रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको जारी गरिएको बीमा पोलिसी संख्या १०.२१ प्रतिशतले घटेर एक लाख ३१ हजार ६६९ वटा रहेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी रकम दुई अर्ब ६० करोड ८८ लाख ५१ हजार २६ रुपैयाँ छ । जुन गत आवको तुलनामा ५२.५२ प्रतिशत हो ।

समीक्षा अवधीमा शिखर इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी २७.६४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २३२.९७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६५.९६, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३३६.२७ रुपैयाँ रहेको छ ।

समग्रमा शिखर इन्स्योरेन्स कम्पनी देशकै पहिलो कम्पनीको रुपमा प्रगति यथावत राख्न सफल भएको आज प्रकाशित वित्तिय विवरणले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*