दोस्रो त्रैमासमा सन नेपाल लाइफको उत्साहप्रद प्रगति, जीवन बीमा कोषमा तीन अर्बमाथि संचिती, अधिकांश सूचांक सकारात्मक

२९ माघ २०७८, शनिबार १५:१३

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको छ महिनाको वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको सबै सूचांकहरुमा प्रगति देखिएको छ भने तीन अर्बभन्दा ठूलो जीवन बीमा कोष खडा गर्न सफल भएको छ ।

आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आम्दानी ४३.५६ प्रतिशतले बृद्धि गरी एक अर्ब ३१ करोड ५३ लाख ६२ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । कम्पनीले गत आवमा ९१ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी रकम १७३.३७ प्रतिशतले बृद्धि भई १९ करोड ८३ लाख ६३ हजार पुगेको छ ।

गत आवमा कम्पनीले बीमालेख धितो, कर्जा तथा अन्य लगानीबाट प्राप्त आम्दानी बापत १२ करोड ६३ लाख ४९ हजार रुपैयाँ प्राप्त गरेकोमा चालु आवको छ महिनाको अवधीमा सो रकम १५.५४ प्रतिशतले बृद्धि भई १४ करोड ५९ लाख ८५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च १८ करोड ८१ लाख ६१ हजार रुपैयाँ छ । जुन गत आवको तुलनामा ४८.४४ प्रतिशतले बढि हो । कम्पनीले अभिकर्तालाई दिने कमिशन २०.८८ प्रतिशतले बृद्धि भई २० करोड २६ लाख आठ हजार पुगेको छ । गत आवमा कम्पनीले जम्मा १६ करोड ७६ लाख रुपैयाँ वितरण गरेको थियो ।

कम्पनीको खुद नाफा ४४.२३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा कम्पनीले पाँच करोड ५६ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकामा चालु चालु आवमा बृद्धि भई आठ करोड दुई लाख ८४ हजार पुगेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

जीवन बीमाको दीगो विकास लक्ष्य पछ्याउँदै अघि बढेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी संख्या ६८ हजार ४५६ बाट ह्वात्तै बढेर चार लाख पाँच हजार ६४ पुगेको छ । सो संख्यामा म्यादी बीमा पोलिसी समेत जोडिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*