दोस्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सको प्रगति, व्यवसाय फैलदै, मुनाफसहितका सूचांक सकारात्मक

२९ माघ २०७८, शनिबार १४:४८

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार बीमा व्यवसाय बृद्धि गरेकोछ भने मुनाफा समेत सामान्य बृद्धि भएको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीमा कोष १९.३३ प्रतिशतले बृद्धि गरेको छ । कम्पनीले चालु आवको छ महिनाको अवधीमा ९० करोड आठ लाख रुपैयाँको बीमा कोषलाई एक अर्ब सात करोड ४९ लाख ५७ हजार रुपैयाँमा पुर्याउन सफल भएको छ । कम्पनीको जगेडा कोष, महाविपत्ति कोष सहित समग्र कोषको आकार १३.२९ प्रतिशतले बृद्धि भई एक अर्ब ५६ करोडभन्दा माथि पुगेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ११.८२ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ५३ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको छ महिनाको अधवीमा ६० करोड ३४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीको खुद दावी भुक्तानी १३.१३ प्रतिशतले बृद्धि भई ३३ करोड ४३ लाख पुगेको छ । गत आवमा कम्पनीको दावी भुक्तानी २९ करोड रुपैयाँ थियो ।

कर्जा, लगानी तथा अन्य आय रकम केही घटेर १३ करोड आठ लाखमा सीमित भएको छ । त्यस्तै व्यवस्थापन खर्च ६.९० प्रतिशतले बृद्धि भई १८ करोड ७७ लाख ९५ हजार पुगेको छ ।

कम्पनीको कूल बीमा शुल्क आम्दानी १०.४४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा एक अर्ब २६ करोड २० लाख ४० हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको छ महिने अवधीमा एक अर्ब ३९ करोड ३७ लाख ९८ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको मुनाफा ३.०६ प्रतिशतले बृद्धि भई १४ करोड ११ लाख ५४ हजार पुगेको छ । यस्तो मुनाफा गत आवको समीक्षा अवधीमा १३ करोड ६९ लाख ६० हजार रुपैयाँ थियो ।

कम्पनीको बक्यौता दावी भुक्तानी रकम एक अर्ब ८९ करोड ७८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आवको तुलनामा ४३.७९ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको बीमा पोलिसी संख्या ३.३५ प्रतिशतले बृद्धि भई एक लाख तीन हजार ७८३ पुगेको छ । समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी २५.२१ रुपैयाँ रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ४०.०७, प्रतिशेयर नेटवर्थ २३९.७३ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४७७.०६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*