युनियन लाइफले खडा गर्यो झण्डै १० अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क २४% ले बृद्धि

२९ माघ २०७८, शनिबार १४:११

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले झण्डै १० अर्बको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गर्दै कम्पनीले विशाल जीवन बीमा कोष खडा गर्न सफल भएको देखाएको छ । कम्पनीले गत आवको तुलनामा जीवन बीमा कोष ५८.०७ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत आवमा छ अर्ब तीन करोड १८ लाख ९८ हजार १४३ रुपैयाँ जीवन बीमा कोषमा जम्मा गरेकोमा चालु आवको छ महिनामा नौ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ जीवन बीमा कोषमा जम्मा गरेको छ ।

कम्पनीको जगेडा कोषमा एक अर्ब १६ करोड ३७ लाख रुपैयाँसहित समग्र कोषमा १० अर्ब ८२ करोड ७५ लाख १२ हजार ४२९ रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

कम्पनीको खुद बीमा शुल्क तीन अर्ब ९८ करोड ९९ लाख ७० हजार ३४५ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीले छ महिनाको अवधीमा २४.४० प्रतिशतले खुद बीमा शुल्क बृद्धि गर्न सफल भएको छ । गत आवमा कम्पनीले तीन अर्ब २० करोड ७४ लाख ६५ हजार ६२२ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद दावी भुक्तानी ५७.७४ प्रतिशतले बृद्धि भएर एक अर्ब ४० करोड ६२ लाख रुपैयाँ छ । कम्पनीले लगानी, कर्जा तथा बीमालेख धितोमा कर्जाबाट प्राप्त आय १०.५२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यस्तो आम्दानी ४९ करोड ४९ लाख ३२ हजार ४९९ रुपैयाँ छ ।

कम्पनीको व्यवस्थापन खर्च १२ प्रतिशतले बढेर ४५ करोड ९८ लाख ४० हजार २९७ रुपैयाँ रहेको छ । त्यस्तै अभिकर्ता कमिशन ४.३३ प्रतिशतले बृद्धि भई ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद नाफा सात करोड आठ लाख ७३ हजार ९८८ रुपैयाँ छ । गत आवको तुलनामा ११.५७ प्रतिशतले मुनाफा बृद्धि भएको छ । कम्पनीको हालसम्म कायम बीमा पोलिसी संख्या दुई लाख ४४ हजार ७६४ वटा रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०६.१७, प्रतिशेयर नेटवर्थ १६०.१७ रुपैयाँ तथा प्रतिशेयर कूल सम्पत्तिको मूल्य ६३७.०५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*