नेपाल लाइफको कोटेश्वर शाखाद्धारा मृतकको परिवारलाई दुई दिनमै बीमा दाबी भुक्तानी

२९ माघ २०७८, शनिबार ०२:०६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदावीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । मृतकको परिवारले दाबी गरेको दुई दिनमै कम्पनीको उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

२०६९ माघ २८ गते दुई लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं। १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण यही पुस २७ गते मृत्यु भएको थियो ।

कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधर ले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिल नाथ फुयाललाई मृत्युदावीको चेक रकम हस्तान्तरण गरे ।

कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक अनुज कुमार झा, सहायक प्रियङ्का कार्की र बरिष्ठ एजेन्सी म्यानेजर गोविन्द भट्टराईको समेत उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*