बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले ९७ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने

२९ माघ २०७८, शनिबार १२:०२

काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले ९७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ। लघुवित्तले १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ जारी गर्नेछ।

आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ। काठमाण्डौको त्रिपुरेश्वरीस्थित मेगा क्यापिटलको कार्याल्यमा आयोजित एक कार्यक्रममा यस सम्बन्धमा स्रम्झौता भएको छ।

सम्झौतापत्रमा संस्थाका निर्देशक सविन प्रधानाङ्ग र मेगा क्यापिटलका चिफ इन्भेस्टमेन्ट अफिसर सुलभ श्रेष्ठले हस्ताक्षर गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*