एचआइडिसिएलको खुद नाफामा सामान्य सुधार, इपिएस घट्यो

२८ माघ २०७८, शुक्रबार १४:१८

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ ।

गत वर्ष यसै अवधिमा ४२ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५.९१ प्रतिशतले बढेर ४५ करोड ३६ लाख रुपैयाँ पुगेको हो ।

समिक्षा अवधिसम्ममा कम्पनीले ४ अर्ब ८१ करोड रुपैयाँ जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा लगानी गरेको छ भने बैंकमा १४ अर्ब २ करोड रुपैयाँ आवधिक बचत गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १८ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकी ५ रुपैयाँ १९ पैसाबाट घटेर ४ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ०३ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*