दोस्रो त्रैमासमा प्रभु लाइफ इन्स्योरेन्सको अधिकाश सूचकमा उत्साहजनक प्रगति

२८ माघ २०७८, शुक्रबार १४:१७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वंजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको अधिंकाश सूचकमा प्रगती देखिएको छ।कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ६४ प्रतिशतले खुद बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएको छ।

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा एक अर्ब माथि खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ६० करोड ९९ लाख खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, पुस मसान्तसम्ममा कम्पनीको मुनाफा भने घटेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा २३ प्रतिशतले घटेको छ। यस त्रैमाससम्ममा कम्पनीले ६ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस त्रैमासको अवधिसम्ममा कम्पनीले १० करोड २६ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको दाबी भुक्तानी १ करोड १३ लाख रुपैयाँ मात्र रहेको थियो । कम्पनीको दाबी भुक्तानी ह्वात्तै बढेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ ।दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोष ८० प्रतिशतलेवृद्धि भएर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४१ करोड ९९ लाख रुपैयाँ र महाविपत्ति कोषमा ३ करोड १८ लाख रुपैयाँ रकम संचिती रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*