राधी विद्युतको नाफा ३४ प्रतिशतले घट्यो

२८ माघ २०७८, शुक्रबार १४:१६

काठमाडौं । राधी विद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनी घाटामा रहेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनीको खुद नाफा ३४.१८ प्रतिशतले घटेर ३ करोड २० लाख ३ हजारमा खुम्चिएको छ । गत वर्ष यसै अवधिमा कम्पनीले खुद नाफा ४ करोड ८६ लाख २० हजार रुपैयाँ कमाएको थियो । कम्पनीको बिद्युत बिक्री आम्दानी घट्दा खुद नाफा समेत घट्न पुगेको देखिन्छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ८ करोड ५१ लाख ४७ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको कम्पनीले पुस मसान्तसम्म आइपुग्दा उक्त आम्दानी ८.७० प्रतिशतले घटेर ७ करोड ७७ लाख ३७ हजार रुपैयाँमा सिमित भएको हो ।

समिक्षा अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी २० लाख ७४ हजार रुपैयाँ रहेको छ भने संचालन खर्च १ करोड ९ लाख २७ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकी ९ रुपैयाँ ९० पैसा र प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ९३ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*