राष्ट्रिय बीमा संस्थान खुद बीमाशुल्क आर्जनमा सामान्य सुधार, मुनाफा कति ? 

२८ माघ २०७८, शुक्रबार १३:४७

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको  छ। कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक बर्षको तुलनामा कम्पनीको मुनाफा १२.१४% ले धेरै हो । गत वर्ष यसले २ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानी पनि ६.४१% ले बढेर ४ अर्ब ४ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले ५ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

संस्थानले यो त्रैमाससम्म २ अर्ब १ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता, कम्पनीले जीवन बिमा कोष भने ३१ अर्ब ७१ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३८ अर्ब १४ करोड पुर्याएको छ।संस्थानको खुद दाबी भुक्तानी ३९ प्रतिशतले वृद्धि भएर २ अर्ब माथि पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीको खुद दाबी भुक्तानी रकम १ अर्ब माथि रहेको थियो ।

हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३८ करोड ७८ लाख रुपैयाँ छ । यसको सर्वसाधारणमा सेयर जारी नभएकाले नेप्सेमा सूचीकृत भएको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*